१२ साउन, काठमाडौँ । गण्डकी प्रदेशको स्याङजा जिल्लामा आज एकैदिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज फेरि दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै स्याङजा जिल्लामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशको स्याङजा जिल्लाको पुतलीबजारका १८ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।