धनगढी, साउन ११ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
दैलेख जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखको नारायण नगरपालिका-१,२, ४, ६, ८, ९, ११ र १२ का २४ जना र दुल्लु नगरपालिकाका १ जना गरी जम्मा २५ जना रहेका छन् । यो भन्दाअघि दैलेख जिल्लामा साउन ८ गते पनि एकैदिन थप २४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८७९ पुग्यो