९ आश्विन २०८१, बुधबार

रौतहटमा वडा अध्यक्षमा देखियो कोरोना भाइरस संक्रमण


कोरोना संक्रमित

रौतहट, साउन ११ । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका १ जना वडा अध्यक्षमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका-८ का अध्यक्षमा संक्रमण पुष्टि भएको हो ।

शनिबार करेन्ट लागेर उनकी श्रीमतीको मृत्यु भएको थियो । अन्तिम संस्कारमा १०० भन्दा बढी व्यक्तिहरु वडा अध्यक्षसँगै गएका थिए । उनले करेन्ट लागेर सख्त भएकी श्रीमतीलाई जिल्ला अस्पताल गौरमा समेत आफै उपस्थित भएर उपचार गराएका थिए ।

वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले जानकारी दिएका छन् । वडा अध्यक्षमा अन्य रोग समेत रहेकाले उपचारको लागि काठमाडौं पठाइने बताइएको छ ।

कोरोना संक्रमितसँग सम्पर्क भएका केही जनप्रतिनिधि तथा स्थानीय व्यक्ति आ-आफ्नै घर क्वारेन्टाइनमा बसेका छन् । संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्वाब संकलनको काम सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !