९ आश्विन २०८१, बुधबार

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’


सिल

राजविराज, ९ साउन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’ निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले अस्पतालमा उपचाररत एक जना बिरामीमा आज कोरोना सङ्क्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गर्ने निर्णय गरिएको हो ।

इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो । विषादी सेवनका कारण करिब तीन दिनदेखि इमर्जेन्सीमा उपचार गराइ रहेका पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाइएको प्रमुख यादवले जानकारी दिनुभयो ।

यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको सङ्क्रमण भेटिएको थियो । त्यसपछि अस्पतालका चिकित्सक र कर्मचारीसहित कूल १७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !