काकरभिट्टा, साउन ९ । झापा जिल्ला पूर्वी शहर काकरभिट्टामा २० जना सुरक्षाकर्मीहरुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत २० सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला जनस्वाथ्य कार्यालय झापाका अनुसार काकरभिट्टा क्षेत्रमा क्रियाशील २० सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा ३ दिन अघि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको हो ।
झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९८ उपचारपछि घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबै सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत हुन् । उनीहरु विगत ४ महिनादेखि सीमामा तैनाथ थिए ।
कोरोना संक्रमित सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल लागिएको जानकारी दिए । झापा जिल्लामा केहि दिनदेखि कोरोना संक्रमण बढिरहेको छ ।