१६ असार २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन ९, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३९८७ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका १ जना र सुनसरीका १ जना, कोशी अस्पताल विराटनगरमा झापाका ६ जना, मोरङका १ जना, सप्तरीका ७ जना र सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ जना र मोरङका १ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, सर्लाहीका १ जना र पर्साका ३० जना संक्रमित भएका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका १ जना, सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका १ जना, काठमाडौंका ५ जना र उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जना, लमजुङका ३ जना, बाग्लुङका १ जना र तनहुँका १ जना संक्रमित भेटिएका छन् ।

यसैगरी भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ४ जना, रुपन्देहीका ४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जाजरकोटका १ जना र कालिकोटका २ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !