९ आश्विन २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १८३७४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १३३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन ९, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३९८७ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनकुटाका १, सुनसरी ५, झापा २५, मोराङ २, सप्तरी ७, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२९४७ पुगेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् । हाल क्वारेन्टिनमा बस्नेको संख्या १९४४४ रहेको छ । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेहरुको संख्या ४४ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १२९४७ जनाले जिते कोरोना, थप १०७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

नेपालमा संक्रमितको संख्या १८२४१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १४७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !