१६ असार २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन ७, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३७७९ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८०९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना संक्रमित भएका छन् ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना,स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका १ जना र डोटीका ७ जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !