१५ असार २०८१, शनिबार

चितवनमा आज बिहानै देखियो ५ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

चितवन, असार २८ । चितवन जिल्लामा आज बिहानै ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर महानगरपालिका-५, १५, १६ र २४ का १ जना महिला र ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार २७ गते प्राप्त भएका नमुनामघ्ये १२९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !