११ आश्विन २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५९ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १८ । सुदूरपश्चिम प्रदेशमा आज थप ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३५९४ पुगेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४९ जना र धनगढी प्रयोगशालामा १० जना गरी आज थप ५९ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा अछामका ३७ जना, कञ्चनपुरका ६ जना, डोटी र डडेल्धुराका ३/३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा ४ जना महिलाहरु र ६ जना पुरुषहरु गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा अछामको चौरपाटीका १ जना महिला, बैतडीको दशरथचन्दका १ जना महिला, डोटीका ३ जना पुरुषहरु, कैलालीको धनगढी उपमहानगरपालिक-२ का १ जना पुरुष, कञ्चनपुरको महाकाली नगरपालिकाका २ जना महिलाहरु र २ जना पुरुषहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !