२६ पुस २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए अहिलेसम्मकै बढी कोरोनाका ४८९ जना नयाँ संक्रमित


कोरोना भाइरस C

धनगढी, असार १८ । सुदूरपश्चिम प्रदेशमा आज अहिलेसम्मकै बढी थप ४८९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३५३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन ४८९ जनामा कोरोना पुष्टि भएको हो । देशका ७ वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ । सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन्।

साथै अन्य प्रयोगशालामा भएको परीक्षणमा कुन जिल्लाका कति नखुलेपनि धनगढीमा भएको परीक्षणमा पुष्टि भएका संक्रमितको जिल्ला र पालिका खुलेको छ । धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ जना महिलाहरु र ३० जना पुरुषहरु गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले बताएका छन् ।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका २ जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका ३ जना, मंगलसेन अछामका २ जनामा कोरोना पुष्टि भएको हो । साथै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिएका छन् । सुदूरपश्चिममा कोरोना पुष्टि भएका ७ जनाको मृत्यु भएको छ भने ६८० जना डिस्चार्ज भउका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !