६ जेष्ठ २०८१, आइतबार

प्युठानमा आज थपिए कोरोना भाइरसका ९ जना नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, असार १५ । प्युठान जिल्लामा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या ३०४ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा ४ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा गौमुखी गाउँपालिकाका २ जना र झिम्रुक गाउँपालिकाका १ जना, माण्डवी गाउँपालिकाका १ जना गरी जम्मा ४ जना रहेका छन् । उनीहरु १७ बर्षदेखि २९ बर्ष उमेर समूहका १ जना महिला र ३ जना पुरुषहरु गरी ४ जना रहेका छन् l

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा स्वर्गद्वारी १ जना, प्युठान २ जना, नौबहिनी २ जना रहेका छन् । उनीहरु १७ बर्षदेखि ५४ बर्ष उमेर समूहका १ जना महिला र ४ जना पुरुषहरु गरी ५ जना रहेका छन् l


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !