६ जेष्ठ २०८१, आइतबार

प्युठानमा आज थपिए कोरोना भाइरसका २९ नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, असार १४ । प्युठान जिल्लामा आज थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या २५८ जना९५ पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ११५ जनाको गरिएको परिक्षणमा थप २९ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा प्युठान नगरपालिकाका ४ जना, मल्लरानी गाउँपालिकाका ७ जना, मान्डवीका ६ जना, सरुमारानीका ५ जना र स्वर्गद्वारीका ७ जना गरी जम्मा २९ जना रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु १४ देखी ६२ बर्ष उमेर समुहका २ महिलाहरु सहित २७ पुरुषहरु गरी २९ जना रहेका छन् । आज कोरोना संक्रमित हुनेहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य कार्यालय प्युठानले छ । यससंगै जिल्लाभर कोरोना संक्रमण निको भई घर गएका २ जना समेत गरी कुल संक्रमितको सङ्ख्या २९५ पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !