५ जेष्ठ २०८१, शनिबार

कञ्चनपुरमा आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि


कोरोना वार्ड

धनगढी, असार १२ । कञ्चनपुरमा १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाईपछि स्वाब संकलन गरेर घर पठाइएका १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित दोधारा-चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको छ भने उनीहरुमा आज शुक्रबार संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएकोले उनीहरुलाई होम आइसोलेसनमै बस्न भनिएको छ । संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलनपछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो । महाकाली नगरपालिका-६, ७, ९ र १० का २ जना महिलाहरु र ११ जना पुरुषहरु गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !