५ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २१९ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १२ । सुदूरपश्चिम प्रदेशमा आज थप २१९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज २१९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका ९ जना, दार्चुलाका ३ जना र अछाम जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अ नुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १ जना पुरुष, बैतडीका ५ जना महिलाहरु र २० पुरुषहरु गरी २५ जना, बझाङका ३ जना महिलाहरु र ६ जना पुरुषहरु गरी ९ जना, बाजुरका १० महिलाहरु र १७ पुरुषहरु गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

साथै दार्चुलाका ३ जना पुरुषहरु, डोटीका १७ जना महिलाहरु र २९ जना पुरुषहरु गरी ४६ जना, कैलालीका ८ जना महिलाहरु र २२ जना पुरुषहरु गरी ३० जना र कञ्चनपुरका ८ महिलाहरु र ३४ जना पुरुषहरु गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताएका छन् । उनका अनुसार आजै चितवनमा भएको परीक्षणमा कैलालीका १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुुसार डोटीका २५ जना, कैलालीको भजनीका २ जना र चुरेका ५ जना गरी ७ जना, बैतडीको पञ्चेश्वरका २ जना र कञ्चनपुरको भीमदत्तका १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ३५ जनामध्ये डोटीका ६ जना र कैलालीका १ जना महिला रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५४९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरमा २९७ जना, डडेल्धुरामा २१७ जना, डोटीमा २८० जना, बैतडीमा १९० जना, अछामका १२६ जना, बाजुराका १३५ जना, बझाङमा ७१ जना र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने २४४ जना विभिन्न अस्पतालबाट कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !