२५ पुस २०८१, बिहीबार

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६७


कोरोना भाइरस

११ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप भएका नयाँ १४ जना कोरोना संक्रमण देखिएको हो । प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका तनहुँमा ९ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ७ पुरुषहरु र २ महिलाहरु तथा नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिकाका ४ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिएका छन् ।

प्रवक्ता डा. शर्माका अनुसार उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !