६ जेष्ठ २०८१, आइतबार

प्युठानमा आज थपिए कोरोनाका १० नयाँ संक्रमित


कोरोना भाइरस C

प्युठान, असार १० । प्युठान जिल्लामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या १८४ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मल्लारानी गाउँपालिकाका ४ जना र माण्डवी गाउँपालिकाका ६ जना गरी जम्मा १० जना रहेका छन् । प्युठानमा कोरोनालाई जितेर निको भई घर फर्केका २ जना समेत गरी जम्मा कोरोना संक्रमितको संख्या १८४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !