११ पुस २०८१, बिहीबार

कैलालीमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, असार ९ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीमा ४६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

कैलालीमा थप ४६ जनामा कोरोना पुष्टि हुनेहरुमा गोदावरी नगरपालिकाका १५ महिलाहरु र २९ पुरुषहरु सहित ४४ जना र भजनीकी १९ बर्षीय महिला र कैलालीकी ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमितको सङख्या ३८७ पुगेको छ। कैलालीमा ३ जनाको कोरोना संक्रमणवाट मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !