२० असार २०८१, बिहिबार

नवलपुरमा आज थपिए कोरोनाका १६ नयाँ संक्रमित


नवलपुर जिल्ला

नवलपुर, असार ८ । नवलपुर जिल्लामा १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

भरतपुर अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको गैडाकोट-१७ वस्ने वर्ष ३५ र २८ का २ जना पुरुषहरु र नवलपुरको बुलिङ्गटार-३,४,५,६ वस्ने वर्ष ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४ २४ का १४ जना पुरुषहरु गरी जम्मा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो आइतवार नवलपुरको ७३ वटा पिसिआर नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !