२० असार २०८१, बिहिबार

ओखलढुङ्गामा पनि देखियो कोरोना भाइरस संक्रमण


गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि

ओखलढुङ्गा, ७ असार । ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आज पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !