११ पुस २०८१, बिहीबार

बाग्लुङमा बिहानै थपिए कोरोनाका ९ नयाँ संक्रमित


कोरोना भाइरस

७ असार, काठमाडौँ । बाग्लुङ जिल्लामा आज बिहानै ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साथै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहानै ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै बाग्लुङ्गमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार बाग्लुङमा नयाँ संक्रमण पुष्टि हुनेहरुमा गल्कोट नगरपालिकाका वर्ष २२, २६, २२ र २१ का ४ जना पुरुषहरु, ढोरपाटन नगरपालिकाका वर्ष ४८ का १ जना पुरुष, काठेखोला गाउँपालिकाका वर्ष ३२, ४० र २९ का ३ जना पुरुषहरु र बाग्लुङ नगरपालिकाका वर्ष २१ का १ जना पुरुष रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !