१८ असार २०८१, मंगलबार

कास्कीमा बिहानै थपिए कोरोनाका ६ नयाँ संक्रमित


कोरोना भाइरस

५ असार, काठमाडौँ । कास्कीमा जिल्लामा आज बिहान ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान फेरि थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६ :०० बजे पुन: एक प्रेस बिज्ञप्ति जारी गर्दै कास्कीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

कास्कीको पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षीय पुरुषहरु ३ जना र ३० र ५६ वर्षीया महिलाहरु २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबै भारतबाट फर्किएको हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई कास्की जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !