१६ असार २०८१, आइतबार

पर्बतमा बिहानै थपिए कोरोनाका ५ नयाँ संक्रमित


कोरोना भाइरस

४ असार, काठमाडौँ । पर्बत जिल्लामा आज बिहान ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पर्बतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्बत जिल्ला, मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ३० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ३० र ३७ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु सबैको कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिबेदन मार्फत जनाएको छ । उनीहरु सबैजना हालै भारतबाट फर्किएका हुन् । उनीहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !