१४ असार २०८१, शुक्रबार

हुप्सिकोट गाउँपालिकामा बिहानै थपिए कोरोनाका १४ नयाँ संक्रमित


३ असार, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सिकोट गाउँपालिकामा आज बिहान थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आज बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै गण्डकी प्रदेशमा आज बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै नवलपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार हुप्सिकोट गाउँपालिकामा थापिनेहरुमा १९ , १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षीय पुरुषहरु गरी १४ जनामा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुहरु सबै भारतबाट नेपाल आएका हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सवैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा बिहानै २१ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !