१० असार २०८१, सोमबार

अर्घाखाँचीमा ३ र नुवाकोटमा २ सहित ७ जनामा कोरोना पुष्टि


कोभिड-१९)

चितवन, असार १ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ जना, नुवाकोटका २ जना, अर्घाखाँचीका ३ जना रहेका छन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका वार्ड नम्वर १४ वस्ने वर्ष ३६ की महिला १ जना, नवलपुर वौदीकाली वार्ड नम्वर ४ वस्ने वर्ष २० का पुरुष १ जना, नुवाकोट ताराकेश्वर वार्ड नम्वर ५ वस्ने वर्ष ६ की युवती १ जना र वर्ष ३१ की महिला १ जना, अर्घाखाँचीको भुमिकास्थान वार्ड नम्वर ६ वस्ने वर्ष २० वर्ष, ३५ वर्ष र ३५ वर्षका पुरुषहरु ३ जना गरी जम्मा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा जेष्ठ ३२ गते प्राप्त भएका नमुनामघ्ये ३८१ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा ३७४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !