१० असार २०८१, सोमबार

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल

चितवन, असार १ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ जना, नुवाकोटका २ जना, अर्घाखाँचीका ३ जना रहेका छन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका वार्ड नम्वर १४ वस्ने वर्ष ३६ का पुरुष १ जना, नवलपुर वौदीकाली वार्ड नम्वर ४ वस्ने वर्ष २० का पुरुष १ जना, नुवाकोट ताराकेश्वर वार्ड नम्वर ५ वस्ने वर्ष ६ की युवती १ जना र वर्ष ३१ की महिला १ जना, अर्घाखाँचीको भुमिकास्थान वार्ड नम्वर ६ वस्ने वर्ष २० वर्ष, ३५ वर्ष र ३५ वर्षका पुरुषहरु ३ जना गरी जम्मा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा जेष्ठ ३२ गते प्राप्त भएका नमुनामघ्ये ३८१ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा ३७४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । योसंगै चितवनमा संक्रमितको संख्या ३६ पुगेको छ ।

आइतबार सल्यानको ८६, भरतपुर अस्पतालको १८, वीपी कोइराला मेमोरियल क्यान्स अस्पताल भरतपुरको १८, चितवन मेडिकल कलेजको ९, पुरानो मेडिकल कलेजको ३१, नुवाकोटको ३२, अर्घाखाँचीको १२१, भरतपुर महानगरपालिकाको ३३, खैरहनीको ८, सेन्ट्रल हस्पिटलको १ र नवलपुरको २४ वटा नमुना परीक्षण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !