१२ असार २०८१, बुधबार

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

काठमाडौँ, २ जेठ । नेपालमा आज १ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६ पुगेको छ । घर फर्किनेमा कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यसैगरी आजदेखि कोभिड-१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराउनुभयो ।

सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ । अहिलेसम्म आइसोलेसनमा २६७ रहेका छन् । प्रप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३७ हजार १४७ रहेको बताइएको छ । आज थप नौ जनामा परीक्षण पोजेटिभ देखिएको छ । सङ्क्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठ जना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन् । हालसम्म २५८ सङ्क्रमित रहेका छन् । जसमध्ये २१० पुरुष र ४८ महिला छन् । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) कीट पनि पठाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २५८ पुग्यो, आज विहान थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ३५ जनाले जिते कोरोना, आज २ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !