१२ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या २६७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित


कोरोना पोजेटिभ

१ जेठ, काठमाडौं । नेपालमा आज शुक्रबार साँझ कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौँ जिल्लामा नयाँ संक्रमण देखिएको हो । पहिलोपटक दाङमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पर्साको विरगञ्ज निवासी ९ वर्षीय बालक, १० वर्षीय बालक, २३ वर्षीया महिला र ४७ वर्षीया महिला गरी ४ जना, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष १ जना, दाङको गढवा-४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरु ३ जना र काठमाडौँ सतुंगलका ७ वर्षीय १ जना बालकमा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २५८ थियो भने आज शुक्रबार साँझ थप ९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

 

नेपालमा संक्रमितको संख्या २५८ पुग्यो, आज विहान थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !