१३ आश्विन २०८१, आइतबार

मन्त्रालयले सच्चायो गल्ती, नेपालमा अहिलेसम्म संक्रमितको संख्या २४५ मात्र


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१ जेठ, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितहरूको संख्या सच्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार २४५ भएकोमा प्रवाधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन: रिपोर्टिंग जानकारी मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जनाएका छन् ।

मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड-१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । आज बिहान मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाइएको छ ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले वैशाख ३० गते मंगलवार राती १०:१५ बजे नै विवरण अध्यावधिक गरिसकेको थियो । आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ती नै जारी गरी त्रुटी भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका हुन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या २४५ छ भने कोरोनालाई जितेर निको भई अस्पतालवाट डिस्चार्ज भएर घर ३५ जना फर्किएका छ ।

यस्तो थियो मन्त्रालयले आज बिहान ७:४५ बजे अध्यावधिक गरेको विवरण

यस्तो थियो मन्त्रालयले वैशाख ३० गते मंगलवार राती १०:१५ बजे अध्यावधिक गरेको विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना संक्रमण प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २५० पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ५ संक्रमित

नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित

नेपालमा ३५ जनाले जिते कोरोना, आज २ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !