१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २५० पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ५ संक्रमित


कोरोना पोजेटिभ

१ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ ५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज फेरि नयाँ ५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सर्लाही, धनुषा र महोत्तरीमा कोरोना संक्रमित भेटिएका हुन् । संक्रमण पुष्टि हुनेमा सर्लाहीका १ जना, धनुषाका र महोत्तरीका २/२ जना रहेका छन् ।

फेरि आज थपिएका संक्रमितमध्ये ४ जना पुरुष र १ जना महिला हुन् । जस अनुसार सर्लाहीको धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरीको जलेश्वर नगरपालिका निवासी १६ वर्षीय र महोत्तरीको बलवा नगरपालिका निवासी ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् । यसअघि आज बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएर नेपालमा संक्रमितको संख्या २४५ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित

नेपालमा संक्रमितको संख्या २४३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २४ संक्रमित

नेपालमा संक्रमितको संख्या २१९ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा संक्रमितको संख्या २१८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !