१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २४३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २४ संक्रमित


कोरोना पोजेटिभ

३१ वैशाख, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ २४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ जना  र नवलपरासीका १ जना रहेका छन् । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।

जस अनुसार रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षीय पुरुषहरु तथा ४, १० र २८ वर्षीया महिलाहरु, कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षीय पुरुषहरु, पर्साका ३६ र ७४ वर्षीय पुरुषहरु र ३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् । यसअघि आज बुधबार दिउँसो मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमितको संख्या २१९ पुगेको
थियो । उनीहरु कपिलवस्तु र बाँके जिल्लाका थिए ।

नेपालमा संक्रमितको संख्या २४३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २४ संक्रमित https://nepalpatra.com/health/corona-special/94094/

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २१९ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा संक्रमितको संख्या २१८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा संक्रमितको संख्या २१७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २६ संक्रमित

नेपालमा संक्रमितको संख्या १९१ पुग्यो, आज थपिए कोरोनाका ५७ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !