१७ असार २०८१, सोमबार

गाेरखामा १ जनामा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

बैशाख ३, गोरखा । गाेरखा जिल्लामा १ जना युवकमा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । विदेशबाट फर्किएका गोरखाका ३१ वर्षीय युवकको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।

हिजो मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोना भाइरसको र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा ती युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिएका छन् । ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए ।

विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजना अनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनीको परिवारलाई होम क्‍वारेन्टाइनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !