१७ असार २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या २२५९२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३७८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन २४, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३७८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ४७८, प्रदेश नम्बर २ मा २९२९, बागमती प्रदेशमा १०२९ र गण्डकी प्रदेशमा २४२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार २४ घण्टामा गरिएको ७७८८ पीसीआर परीक्षणमा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६३१३ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५६ जना, ललितपुर जिल्लाका ३ जना र भक्तपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मुलुकभर ६२०६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १०७९२ जना रहेको उनले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको पुष्टि भएको छ ।

देशभरका क्वारेन्टिनमा १०७९२ जना रहेका छन । प्रदेश नम्बर १ मा २२४९, प्रदेश नम्बर २ मा १४४३, बागमती प्रदेशमा ९५२ र गण्डकी प्रदेशमा २८३४ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा १५०४, कर्णाली प्रदेशमा ४८३ र सुदूरपश्चिम प्रदेशमा १३२७ जना क्वरेन्टिनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

आज थपिए कोरोनाका नयाँ ४६४ संक्रमित, नेपालमा संक्रमितको संख्या २२ हजार नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !