२० असार २०८१, बिहिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन २३, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४६४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२२१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना, सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ जना, झापाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना, सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना, रौतहटका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १ जना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोटका ८ जना, सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बाराका २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाहीका २ जना ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका १ जना र तनहुँका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका १ जना, भक्तपुरका १ जना, ललिपुरका २ जना र कास्कीका १ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाँकेका १ जना, काठमाडौंका ४ जना, बाराका १ जना र बर्दियाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जना र पर्साका १ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका १ जना, स्याङ्जाका १ जना र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना र कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको गुल्मीका १ जना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २८ जना, बर्दियाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कालिकोटका ४ जना, सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोरिया हेल्थ केयर काठमाडौंमा गरिएको परीक्षणमा ४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १ जना, कैलालीका १७ जना र कंचनपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !