९ आश्विन २०८१, बुधबार

नेपालमा अहिलेसम्म १२९४७ जनाले जिते कोरोना, थप १०७ जना घर फर्किए


जिते कोरोना

साउन ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२९४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३९८७ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८३७४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२९४७ पुगेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् । हाल क्वारेन्टिनमा बस्नेको संख्या १९४४४ रहेको छ । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेहरुको संख्या ४४ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १८३७४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १३३ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

नेपालमा अहिलेसम्म १२८४० जनाले जिते कोरोना, थप १५६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !