९ आश्विन २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १८२४१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १४७ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३४८१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५८ पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १२४, प्रदेश नं २ मा एक हजार ८९७, वाग्मती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश नं ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३८ रहेको छ ।

कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ८४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या २० हजार ९८ जना रहेको छ ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् । आज मात्रै १०० जनाले इन्ट्री गरेकामा कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १८ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !