![कोरोना भाइरस](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus13-11.jpg?fit=1056%2C496&ssl=1)
काठमाडौं, साउन ६ । काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका ८ जना र ललितपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । आज भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन ।
आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँ जिल्लामा ८ जना र स्टार अस्पताल’ सानेपा ललितपुरमा गरिएको परीक्षणमा ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्