१४ असार २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १७९९४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५० संक्रमित


डा. जागेश्वर गौतम

साउन ६, काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२४७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसा नेपालमा आजसम्म ६९.३४ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा झापाका २ जना, सर्लाहीका ३ जना, उदयपुरका ८ जना, इलामका २ जना, सप्तरीका १ जना, मोरङका ३ जना, धनुषाका २९ जना, महोत्तरीका १३ जना, पर्साका २ जना, चितवनका ५ जना, मकवानपुरका ५ जना रहेका छन् ।

साथै काभ्रेपलाञ्चोकका १ जना, रामेछापका २ जना, कैलालीका ४ जना, काठमाडौंका ८ जना, महोत्तरीका १ जना, नुवाकोटका १ जना, ललितपुरका १ जना, गोरखाका ३ जना, म्याग्दीका ३ जना, स्याङ्जाका ३ जना, बागलुङका ३ जना, नवलपरासीका १ जना, बाँकेका ३ जना, दाङका ३ जना, दैलेखका १० जना, सल्यानका २ जना, डोटीका ४ जना, बझाङका ४ जना र कञ्चनपुरका २० जनामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं २ को रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ७ वटा जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । प्रदेश नं १ को भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५४७७ जना रहेको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७८४४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !