१४ असार २०८१, शुक्रबार

नेपालमा अहिलेसम्म १२४७७ जनाले जिते कोरोना, थप ६०९ जना घर फर्किए


घर फर्किए

साउन ६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२४७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसा नेपालमा आजसम्म ६९.३४ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ३९६३ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना संक्रमण नयाँ १५० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५४७७ जना रहेको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ११८६८ जनाले जिते कोरोना, थप १७३ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !