२१ असार २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १७५०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५७ संक्रमित


डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयमा नियमित कोरोना ब्रिफिंग

काठमाडौँ, साउन ३ । पछिल्लो २४ घण्टामा ३३३१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७५०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीका १३ जना, मोरङका ९ जना, डोटीका ७ जना, दैलेखका ५ जना, रुकुम पश्चिमका ३ जना, तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ जना, इलाम, झापा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान, बारा र कञ्‍चनपुरका १/१ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६३७ पुगेको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ दशमलव ५ प्रतिशत पुगेको हो । देशभरका हालसम्म क्‍वारेन्टाइनमा २३२७५ जना र आइसोलेसन ५८२५ जना रहेको उनले बताएका छन् । नेपालमा कोरोना संक्रमणवाट ज्यान गुमाएनेको संख्या भने ४० पुगेको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५ सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

यो पनि पढ्नुहोस्

नेपालका ६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय

नेपालमा अहिलेसम्म ११६३७ जनाले जिते कोरोना, थप १०३ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या १७४४५ पुग्यो, आज थपिए कोरोनाका नयाँ १०१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !