२० असार २०८१, बिहिबार

नेपालमा अहिलेसम्म ११६३७ जनाले जिते कोरोना, थप १०३ जना घर फर्किए


कोरोना जितेर डिस्चार्ज भई घर फर्किए

साउन ३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६३७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

पछिल्लो २४ घण्टामा ३३३१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७५०२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६३७ पुगेसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ दशमलव ५ प्रतिशत पुगेको हो । देशभरका हालसम्म क्‍वारेन्टाइनमा २३२७५ जना र आइसोलेसन ५८२५ जना रहेको उनले बताएका छन् । नेपालमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या भने ४० पुगेको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५ सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ११५३४ जनाले जिते कोरोना, थप २८५ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !