काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा आज थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । आज ललितपुर जिल्ला र भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन । हिजो बुधवार काठमाडौं उपत्यकामा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताएका छन् । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनकाे भनाइ छ ।
यो पनि पढ्नुहोस्