९ आश्विन २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १७१७७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११६ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार ३१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । तीमध्ये छ हजार ११४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रवक्ता डा गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन÷तीन जना रहेका छन् । यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई÷दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक÷एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आजै देखिएका सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं.१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको उहाँले बताउनुभयो । डिस्चार्ज हुनेको सङ्ख्या कूल सङ्क्रमितको ६४.२ प्रतिशत हो ।

आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला सङ्क्रमित मुक्त जिल्ला भएका हुन् । अहिले २४ हजार ५२७ जना क्वारेन्टिनमा र ६ हजार ११३ जना आइसोलेशनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !