९ आश्विन २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३९ पुग्यो


आत्महत्या

३१ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार रौतहटका पर्रोहा नगरपालिका-७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा आज बुधबार २:३० मा मृत्यु भएको जनाएका छन् ।

असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो । असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो ।

साथै उनका दाजुको भारतमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो । त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !