यो औषधिको वैज्ञानिक नाम ग्लीसीर्रहीजा ग्लाब्र (Glycyrrhiza Glabra) भन्दछन् । जेठी मधु मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ । जेठी मधुलाई कोरोनाको उपचारमा समेत उपयोगमा ल्याउन सकिने देखिन्छ । यो जडिबुटी गाउँघरमा पाइने भएकाले हामीले यसको प्रयोगबारे जान्न आवश्यक छ । आज मैले यो औषधिको फाइदा बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।
१. मुख सुख्खा भएमा
जेठी मधुको गुण चिसो हुने भएकाले मुख सुख्खा भएमा राम्रो काम गर्दछ । जेठीमधुको टुक्रालाई मुखमा राखेर चुस्दा गुलीयो हुने हुनाले र यसमा पानीको मात्रा हुनाले तुरुन्त फाइदा देखिन्छ ।
२. स्वर सुकेमा
जेठीमधुलाई चुस्नाले स्वर खुल्दछ । गायक कलाकारहरूको लागि यो महत्वपूर्ण औषधि मानिएको छ । यो औषधि निल्ने होइन केवल चुस्ने मात्र हो ।
३. खोकी लाग्दा
जेठी मधुले कफ काट्ने भएकाले खोकी लाग्दा यसलाई चुस्ने गर्नुपर्छ राम्रो फाइदा हुन्छ । यो जडिबुटी ड्राइकफको लागि राम्रो औषधि मानिएको छ । खोकीलाई चाँडो निको गराउन जेठी मधुसंग कालो मरिचसंगै चुस्नाले राम्रो फाइदा गर्दछ ।
४. पेटको अल्सरमा
पेटका अल्सरका रोगीलाई ठीक गर्नमा जेठीमधु रामबाण औषधि मानिएको छ । जेठी मधुको चुर्णको सेवनले अल्सर निको हुन्छ ।
५. उल्टी हुने भएमा
उल्टी हुने भएमा पनि जेठी मधु चुस्ने गर्नाले फाइदा हुन्छ ।
६. मुख भित्रको घाउमा
जेठीमधु चुस्ने या पेस्ट लगाउने गरेमा राम्रो फाइदा गर्दछ ।
नोट : यो जस्ता जडिबुटीबारे जानकारी प्राप्त गर्न या जडिबुटी आवश्यक परेमा जडिबुटी बिक्रेतासंग प्राप्त गर्न सक्नु हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।