१४ पुस २०८१, आइतबार

कोरोना भाइरसलाई जित्न जलनेती गरौ


डा. हेमराज कोइराला
डा. हेमराज कोइराला

चीनको हुबई प्रान्तको राजधानी वुहान सहरबाट फैलिएको कोरोना भाईरसको महामारीले विश्वव्यापी रूपधारण गरिसकेको छ । सन् २०१९ डिसेम्बर-३१ दिनाङ्कका दिन पत्ता लगाईएको यो भाईरस संक्रमणको नाम सन २०१९ मा पत्ता लगाईएकै कारण ११ फेबु्अरी २०२० का दिन कोरोना भाईरस रोग–१९ रहन गयो । कोरोना भाईरसको नया प्रजाती सार्स–कोभ–२ को कारणले हुने यो रोगलाई विश्व स्वास्थ्य संगठनले २५ मार्च २०२० का दिन वैश्विक महामारी घोषण गरेको हो ।यस अघि पनि सन २००३ मा चाईनाको बाट सूरू भएको कोरोना भाईरसको संक्रमणले झण्डै ८००० मान्छे हरूलाई लपेटामा लिएर ८०० जानको ज्यान लिएको थियो भने सन २०१३ मा साउदि अरेबिया बाट सूरू भएको अर्को कोरोना भाईरसको संक्रमणले झण्डै २५०० मान्छेमा फैलिएर ८०० जानको ज्यानलिएको थियो ।

कोरोना भाईरस एउटा वृहत परिवारको आरएनए भाईरस हरूको समूह हो । यो भाईरसले आधारभूत रूपमा श्वास-प्रश्वास प्रणालीलाई असर पार्ने भएकाले यस रोगलाई श्वास–प्रश्वास प्रणालीको रोग मानिएको हो । कोरोना भाईरसका ७ प्रजातीहरू मध्ये केवल २ प्रजातीहरू मात्र मानव स्वास्थ्यका लागि खतरनाक छन । यो भाईरसको संक्रमण हुदाँ सामान्य रूघा मर्की खोकी ज्वरो देखि जटिल न्यूमोनिया र अन्त्यमाश्वास–प्रश्वास घात भएर मृत्यु पनिहुन सक्छ । भाईरस अत्यन्त संक्रामक भएकाले चाडै फैलिने गरेको छ । द्रूतगतिमा फैलिने भएकाले कम मृत्यू दर भएता पनि यो भाईरस सार्स–२००३ र मर्स–२०१३ भन्दा ज्यादा खतरनाक छ ।

आजसम्म आधुनिक चिकित्सा विज्ञानले यो रोगको कुनै खास औषधि वा खोप बनाईसकेको छैन भने परम्परागत चिकित्सामा पनि यस रोगको कुनै उपचार छैन तर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडिबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन । यीनै विधि विधानहरू मध्येको एउटा विधि जलनेती पनि हो । यूरोप मा कोरोना भाईरसको महामारी अनियन्त्रित रूपमा फैलिन थाले पश्चात योग विज्ञानमा परापूर्व कालदेखि प्रयोग भईरहेको जलनेतीको प्रयोग गरिन थालिएको छ । हालै मात्र रोयल ईन्फर्मरी अफ इडिनबर्ग बेलायतका चिकित्सक डा. सन्दीप रामलिङ्गम र साथीहरूले गरेको अनुशंधानले दर्शाए अनुरूप जलनेतीको र नुनपानीको गलाला (गार्गलिङ्ग) गर्ने गर्दा कोरोना भाईरस रोग –१९ ले सताउने समय आधै कमभएको अनुशंधानले देखाएको छ । यसै अनुशंधानमा कोरोनाका कारणले उत्पन्न नाक थुनिने, घाँटी दुख्ने, खोकी लाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खस-खसाउने, हाक्छिउ आउने, नाकबग्ने र जीउ दुख्ने थाक्ने जस्ता लक्षणहरूको निवारणमा पनि जलनेती र गलालाको प्रयोगले मनग्य फाईदा पुर्याएको छ ।

के हो जलनेती ?

जलनेती योग विज्ञानमा, माथिल्लो श्वास मार्ग सफा गर्नका लागि विकशित गराईएको प्राचिन शोधन पद्धति हो । यस पद्धतिमा माथिल्लो श्वास मार्गलाई हल्कानुनिलो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर पुरै श्वासमार्गलाई पखाल्ने गरिन्छ । जलनेती गर्नका लागि जलनेती पात्रको आवश्यकता पर्दछ । जलनेती पात्र भनेको हामीले पानी खानको लागि प्रयोग गर्ने टूटीदार करूवाआकारको भाडो हो । रूघा, खोकी, मर्की, नाकको एलर्जी जीर्ण पिनास, गन्ध ग्रहणमा कमी आदि जस्ता समस्यामा अत्यन्त लाभ पुर्याउने जलनेती र गलाको गलाला अब कोरोना भाईरस रोग मा पनि अत्यन्त कारगार सावित भईसकेको छ । यसर्थ कोरोनाको अन्यउपचार पद्धतिहरू संगै यस उपचारलाई पनि अगाडि बढाउन सकिन्छ ।

विधि

१. जलनेती गर्नका लागि करुवा आकारको जलनेती पात्र लिनुहोस ।
२. अब उमालेर पानी नथपि सेलाउन दिईएको मनतातो (शरीरको तापक्रमको बराबर) भएको १ लिटर पानीमा १० ग्राम नुन मिलाउनु होस ।
३. जलनेतीको भाँडामा तैयार गरिएको पानीलाई भर्नुहोस । जलनेती पात्रको टूटीलाई नाकको एउटा प्वालमा टम्म मिल्ने गरि छिराउनुहोस। अब टाउकालाई विस्तारै टूटी छिराएको भन्दा विपरित तर्फ हल्का ढल्काएर जलनेती पात्रलाई विस्तारै माथि उठाउँदै जानुहोस । यसो गर्दा मुखलाई खुलै राख्नुहोला । अब एउटा नाकको प्वालबाट छिराईएको पानी अर्को नाकबाट निस्किन थाल्छ । भाँडालाईमाथि उठाउँदै जाँदा भाँडाको मुखबाट पानी पोखिनु हुदैन ।
४. नाकको एउटा प्वालबाट पानी पठाएमा अर्को प्वालबाट पानी बाहिर आउँछ । यसरि एउटा नाकबाट एक भाडो पानी पठाईसकेपछि अको प्वालबाट पनि यसरी नै पानी पठाउनुहोला ।
५. नाकको प्वालहरूबाट पालैपालो पानी पठाउने कार्य पूरा भई सकेपछि नाकलाई सुख्खा बनाउन एवें नाक भित्र जम्मा भएको फोहोरहरुलाई बाहिर निकाल्न उभिएर चतुरमुख भष्त्रिका विधि गर्नुपर्दछ । चतुरमुख भष्त्रिका विधि गर्न दुवै गोडालाई एक आपसमा मिलाएर सीधा उभिनुपर्छ अब दुबै हातका चोर औलालाई कानमा पसाएर आखाँ बन्दगरि माथी तल दाया बाया चारैतिर फर्कीएर जोड–जोडले श्वास बाहिर फ्याक्नु पर्दछ । यसले नाकभित्रको फोहोर र पानी निकाल्न सहयोग गर्दछ ।
६. चतुरमुख भष्त्रिका पछि नाकलाई टिस्यू पेपर वा रूमालले पुछ्नुहोला ।

साबधानी

१. जलनेति गर्दा मुख खुलै राख्नु पर्दछ । मुख खुल्ला नभएको खण्डमा नाकमा हालिएको पानी श्वास मार्ग तिर पानी सर्किएर दुर्घटना घछ्न सक्छ ।
२. दुबै नाकबाट पानी हालिसके पछि नाकलाई पूरा सुख्खा बनाउनु पर्ने हुन्छ । नाकभित्र पानी रह्यो भने जलनेती गरेको केही समयपछि टाउको दुख्ने, रुघा लाग्ने र अन्य असुविधा पनि हुनसक्दछ ।
३. पानी जहिले पनि नाकको एक प्वालबाट राखेर अर्काे प्वालबाट आउनुपर्दछ । नाकको प्वालबाट राखेको पानीमुख या गलामा आयो भने ध्यानदिनु कि टाउकाको ढल्काई मिलेन ।
४. जलनेती पात्रको स्वच्छतालाई विशेष ध्यान दिन हरेक पल्ट राम्ररी पात्रलाई धुने गरौ ।
५. जलनेतीमा प्रयोग गर्ने पानी सफा र मज्जाले उमालेर मनतातो बनाएको हुनु पर्दछ । पानीको स्वच्छतालाई कहिल्यै नजर अन्दाज गर्नु हुदैन ।
६. नाकको पानी सफागर्ने क्रममा बुढी औंला र चोर औंलाले नाक समातीजोडले सिँ–सिँगर्ने गर्नुहुँदैन । यसले कानलाई खरावी गर्छ ।

फाईदाहरू

१. रूघा मर्कीको समस्या भएर नाक बन्द भएकको भए खुलाउन मद्यत गर्दछ ।
२. नाक बन्दहुने गन्ध ग्रहण गर्न नसक्ने भएको अवश्थामा पनि यो उपचार पद्धतिले राम्रो फाईदा पुर्याउदछ ।
३. ब्याक्टेरिया एवं भाईरसको कारणले भएको रूघा मर्की एवं सर्दि लाई समेत ठिक गर्न मद्यत गर्दछ ।
४. दृष्टि सम्बन्धि समस्याहरू जस्तै दृष्टि सुधार गर्न मद्यत गर्दछ ।
५. नाक कान घाटी आँखा पिनास ग्रन्थी टाउको आदिका समस्यामा राम्रो गर्दछ ।
६. बारम्बार भईरहने टन्सिलाईटिसलाई निको पार्न मद्यत गर्दछ ।
७. माईग्रेन, पिनास, अर्धकपाली, अनिन्द्रा, अनियन्त्रित क्रोध आदिमा राम्रो फाईदा पुर्याउदछ ।
८. मिर्गी, हिस्टेरिया, उन्माद, पागलपन, क्षिप्त विक्षिप्त एवं मूढ चित्तलाई नियान्त्रण गर्न मद्यत गर्दछ ।
९. एलार्जिक राईनाईटिसको लागि अत्यन्त राम्रो गर्दछ । धुवा धुलो र प्रदूषणले निम्त्याउने समस्याहरू बाट बचाउदछ ।
१०. असमयमा रौ खस्ने, फूल्ने तालु खुईलिने जस्ता समस्याहरूमा फाईदा पुर्याउछ ।
११. मानसिक स्फूर्तीलाई बढाउदछ । शारीरिक गकान पनि कम गर्दछ ।
१२. कोरोना भाईरसको संक्रमणलाई लगाम लगाउन विशेष मद्यत गर्दछ । कोरोना रोगीहरूमा हालसालै भएको अनुशंधानले दर्शाए अनुरूप जलेनतीको प्रयोगले कोरोना संक्रमणले हुने नाक थुनिने, घाँटी दुख्ने, खोकीलाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खसखसाउने, हाक्छिउ आउने, नाकबग्ने र जीउदुख्ने, थाकाई लाग्ने जस्ता लक्षणहरू जलनेती गर्दा चाडै निस्तेज भएको पाईएको छ ।

लेखक भरतपुर-१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !