१२ असार २०८१, बुधबार

विश्व दृष्टि दिवसः ‘आँखा स्वास्थ्य सेवा नीति आवश्यक’


असोज २५, काठमाडौँ । आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । तिलगंगा आँखा अस्पतालले बुधबार राजधानीमा एक कार्यक्रम गरी देख्न पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । अस्पतालका प्रमुख डा. रोहित सैंजुले आँखा स्वास्थ्य सेवा नीति आवश्यक रहेकोमा जोड दिए ।

उनले आँखा स्वास्थ्यमा सरकारको लगानी कम रहेको भन्दै नीजि क्षेत्र र सरकारको साझेदारीबाटमात्र स्वास्थ्यमा सुधार गर्न सकिने बताए । नेत्र विशेषज्ञ डा. प्रभा थापाले अन्धोपनको दर घट्दै गएपनि अन्धोपनबाट सबैभन्दा बढी महिला प्रभावित हुने गरेको बताइन् ।

कार्यक्रम सो अस्पतालका निर्देशक नविन राईले आँखा स्वास्थ्यमा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवाको आवश्यकता रहेको बताए । तिलगंगा आँखा प्रतिष्ठानले नयाँ प्रविधिमार्फत् आँखाका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनको भनाइ थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !