चैत १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्य लाभ हासिल गरेर अस्पतालवाट डिस्चार्ज भएको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् । हिजो बिहीबार राति ११ बजे अस्वस्थ भएर महाराजगन्जस्थित मनमोहन सेन्टरको आकस्मिक उपचार कक्षमा करीब २० घण्टा उपचारपछि प्रधानमन्त्री आज शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।
अस्पतालबाट डिस्चार्जपश्चात् प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुगेका छन्। उनका विशेषज्ञ सल्लाहकार मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन् । मुटुको चाल बढेपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको डा. सायमीले बताएका छन् ।
प्रधानमन्त्री ओलीको यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए ।
यो पनि पढ्नुहोस्