१२ असार २०८१, बुधबार

घाइतेको हेलिकोप्टर मार्फत उद्धार


हेलिकोप्टर

बैतडी, २५ फागुन । यहाँ आज भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहू गाउँपालिकाका ३८ वर्षीय हरकसिंह बडाल र ४१ वर्षीय प्रेमबल्लभ जोशीलाई नेपालगञ्ज लगिएको हो ।

बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा लगिएकामा त्यहाँ पनि उपचार हुन नसकी हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो । उहाँहरुको टाउकामा गहिरो चोट लागेको छ ।

धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ ज १२५७ नंको जीप आज दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमा नै मृत्यु भएको थियो । चालकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

यसैबीच दुर्घटनामा परी घाइते भएका दार्चुला दुहूकै २३ वर्षीय सुरेन्द्र बम, २० वर्षीया हेमन्ती बम र ४१ वर्षीय धनराज जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुहूकै २२ वर्षीया द्रौपदी जोशीको पाटनमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट २५० मिटर तल खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !