२० कार्तिक २०८१, मंगलबार

मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ, म छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री ओली


प्रधानमन्त्री ओली

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका छन् । उनलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् । प्रधानमन्त्री ओलीको बुधबार मृर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्यमा अपेक्षाकृत रुपमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । म छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले आफ्नो सामाजिक संजालद्वारा जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !